दफा ५६
निवेदन दिन सक्ने
भन्सार अधिकृतले दफा ५५ बमोजिम भन्सार एजेन्टको इजाजतपत्र निलम्बन वा रद्द गर्ने वा निजलाई जरिबाना गर्ने गरी निर्णय गरेकोमा सो निर्णयउपर चित्त नबुझ्ने भन्सार एजेन्टले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ । त्यस्तो निवेदनउपर महानिर्देशकले सामान्यतया तीस दिनभित्र निर्णय दिनु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।